नियम १३
शिकार अनुज्ञापत्र ९लाइसेन्स दिने अधिकारी
१ जिल्ला शिकार अनुज्ञापत्र बाहेक नियम १०, ११ र १२ बमोजिमको अनुज्ञापत्र प्रमुख वा सो कामको लागि नेपाल सरकारले तोकेको कुनै अधिकृतले दिन सक्नेछ ।
२कुनै किसिमको शिकार अनुज्ञापत्रको लागि दरखास्त दिने व्यक्तिसँग शिकार गर्न चाहेको वन्यजन्तु वा पंक्षीहरू मार्न प्रयोग गरिने हातहतिहारको प्रचलित नेपाल कानून बमोजिम रीतपूर्वक इजाजतपत्र भएमा मात्र अनुज्ञापत्र दिइनेछ ।
३ कुनै वर्ष शिकार आरक्षमा मार्न पाउने वन्यजन्तुको वार्षिक भाग कोटा प्रमुखले निश्चित गर्नेछ र त्यसरी निश्चित गरेको भाग कोटा मा नबढ्ने गरी मात्र शिकार अनुज्ञापत्र दिइनेछ ।
४ उपनियम १, २ र ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै वन्यजन्तु पंक्षीको उचित संरक्षणको निमित्त आवश्यक परेमा नेपाल सरकारले कुनै जिल्ला, शिकार आरक्ष वा अन्य कुनै क्षेत्रमा शिकार गर्न दिने वन्यजन्तु वा पंक्षीको संख्या घटाउन वा त्यस्तो अनुज्ञापत्र दिने काम स्थगित गर्न सक्नेछ ।